मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (CEO) पदको लागि दरखास्त पेश गर्ने अन्तिम मिति २०८३ बैशाख ३ गते सम्म कायम गरिएको छ ।

मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेड

Manakamana Daraundi HydroPower Company Ltd (MDHPCL)

बागबजार - २८, काठमाडौँ

कम्पनी सम्बन्धी जानकारी

नेपाल विद्युत प्राधिकरण पूर्व कर्मचारी समाजको पहलमा मिति २०७६/०१/०४ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं. २१३२४०/०७५/७६ कायम भई यस मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेड स्थापना भएको हो । यस कम्पनीको प्रबर्धनमा गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं.१२ र १३ मा मुख्य संरचना रहने गरी ९.८४ मेगावाट क्षमताको “दरौंदी नदी जलविद्युत आयोजना” (अर्धजलाशय युक्त ६ घण्टा पिकिङ आवर रहेको) निर्माण गरिनेछ । यस आयोजनाबाट उत्पादित विद्युत ३३ के.भी. करिब ५ किलो मिटर ट्रान्समिशन लाईन निर्माण गरी नेपाल विद्युत प्राधिकरणको मार्कीचोक स्थित सवस्टेशनमा जोडेर राष्ट्रिय प्रशारण लाईनमा समाहित गरिनेछ ।

प्रकाशित सुचनाहरु

Click to read
कर चुक्ता प्रमाणपत्र आ.व. २०८१/०८२
2026-06-29
कर चुक्ता प्रमाणपत्र आ.व. २०८१/०८२
कर चुक्ता प्रमाणपत्र
2026-06-29
Open in new tab
CLOSE [✖]
Click to read
7th AGM
2026-06-05
7th AGM
Notice of 7th AGM
2026-06-05
Open in new tab
CLOSE [✖]
Click to read
Invitation for Bids (IFB)
2026-05-27
Invitation for Bids (IFB)
Lot 1-Main Civil Works (Surface and Underground)
2026-05-27
Open in new tab
CLOSE [✖]
Click to read
प्रमुख कार्यकारी अधिकृत पदको आवश्यकता (आर्थिक अभियान दैनिक मिति २०८२ चैत्र २९)
2026-04-12
प्रमुख कार्यकारी अधिकृत पदको आवश्यकता (आर्थिक अभियान दैनिक मिति २०८२ चैत्र २९)
आवश्यकता
2026-04-12
Open in new tab
CLOSE [✖]
Notice Image
प्रमुख कार्यकारी अधिकृत पदको आवश्यकता
2026-04-01
प्रमुख कार्यकारी अधिकृत पदको आवश्यकता
प्रमुख कार्यकारी अधिकृत पदको आवश्यकता
2026-04-01
Notice Image
CLOSE [✖]
View More Notices >>

संचालक समिति

Executive Chairman
Dr. Damber Bahadur Nepali
Executive Chairman
this is person's bio
Member
Upendra Dev Bhatta
Member
this is person's bio
Member
Dandapani Bashyal
Member
मिति २०८२ फागुण ८ मा देहावसान भएको
Member
Kumar Prasad Ojha
Member
this is person's bio
Member
Bal Kumar Shrestha
Member
this is person's bio
Member
Bal Ram KC
Member
this is person's bio
Member
Krishna Prasad Adhikari
Member
this is person's bio
Company Secretary
Ram Sundar Shrestha
Company Secretary
मिति २०८२/०६/२९ को बैठक संख्या १०४ को निर्णयानुसार नियुक्त
Independent Member
Sangita Rayamajhi Thapa
Independent Member
मिति २०८३/०३/१३ मा बसेको सातौै साधारण सभाबाट नियुक्त भएको ।

आयोजना विवरण

आयोजनाको मुख्य उद्देश्य
  1. देशमा बढ्दो ऊर्जा मागको आवश्यकतालाई केही हदसम्म पूर्ति गर्ने।
  2. देशमा विद्यमान जलस्रोतको विकास मार्फत देश विकासको कायममा सहयोगी हुने।
  3. छरिएर रहेका साना–साना पुजीलाई एकीकृत गरी सामूहिक लगानीमा आधारित जलविद्युत् आयोजना सञ्चालन गर्न एवं लगानीकर्ताका लागि आकर्षक प्रतिफल सुनिश्चित गर्ने।
  4. नेपाल विद्युत् प्राधिकरण सेवा अन्तर्गत कार्यरत इन्जिनियर तथा कर्मचारीलाई लगानीमा संलग्न गराई साना–साना पुजीलाई प्रेरणा तथा मार्गदर्शन प्रदान गर्ने आदि।

यी उद्देश्य पूर्ति गर्न यस कम्पनीले अझै जलाशययुक्त नविनतम जलविद्युत् आयोजनाको निर्माण कार्यको थालनी समेत अघि बढाएको छ।

सामान्य परिचय
  • यो आयोजना मनकामना दरौदी हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गत सञ्चालित अर्को जलाशययुक्त आयोजना हो।
  • आयोजनाको मुख्य संरचनाहरु आरुबोटे–गोर्खा राजमार्गको पहुँच क्षेत्रमा रहनेछन्।
  • यस आयोजनाबाट दरौदी नदीमा बाँध बाँधी विद्युत् उत्पादन गरिनेछ।
  • उत्पादित विद्युत् आयोजनाको विद्युत् गृहबाट करिब ५ कि.मि. दुरीमा रहेको (33 kV) प्रसारण लाइनमार्फत मर्स्याङ्दी जल विद्यु्त् केन्द्रको प्रसारण मार्गसँग जोडिने नयाँ सब स्टेशनमा जोडिने छ।

आयोजना गण्डकी प्रदेश गोर्खा जिल्ला, गोर्खा न.पा., वडा नं. १२ र १३ मा रहेको छ।

आयोजनाको प्राविधिक लक्ष
  • पानीको श्रोत: दरौदी नदी
  • जांचत कम्पनी: ९ ८४ मे.वा.
  • आयोजनाको किसिम: अर्धजलाशययुक्त (Peaking Run of River)
  • ग्रैस हेड (Gross Head): ४६ मि.
  • नेट हेड (Net Head): ४०.७६ मि.
  • पिकिङ आवर्त (Peaking Hour): ६ घण्टा
  • डिजाइन वहान (Q40%): २७.९७ क्यु. मिटर प्रति सेकेण्ड
  • कुल वार्षिक बिक्री युनिट (Net Annual Marketable Energy): ५९.१० गिगावाट घण्टा
जलविज्ञान (Hydrology)
  • जलाधार क्षेत्रफल:- ५३६.५४ वर्ग कि.मी.
  • Design 100 yrs Flood at Intake:- ८७० क्यु. मिटर प्रति सेकेण्ड
हेडवर्क्स (Headworks)
  • डाईभजन वेर (Diversion Weir)
  • प्रकार: पक्की बाँध (RCC Barrage)
  • लम्बाई: - ४७.० मिटर
  • चौडाई: - २८.० मिटर
  • क्रेस्ट लेभल (MASL): - ३४१.८० मिटर
  • बाँधको उचाई: - ९.० मिटर
  • बाँधको उचाई: - जग समेत १६.० मिटर
  • रेडियल गेटको सिल लेभल अन्डर सूलूस (MASL): - ३३० मिटर
  • इन्टेकको सिल लेभल (MASL): - ३३०.५० मिटर
  • ब्यारेज भन्दा माथिको फ्लोर लेभल (MASL): - ३३० मिटर
  • जलाशयको क्षेत्रफल: - १४.७० हेक्टर
  • जलाशयको क्षमता (Volume): - ५६९९०३ क्यु. मिटर
  • Minimum Drawdown Level (MASL): - ३३९.० मिटर
इन्टेक (Intake)
  • प्रकार: साइड इन्टेक
  • इन्टेक गेटको आकार: २.५ मिटर × २.५ मिटर
  • गेटको संख्या: - ६
  • अन्डर सूलूस या रेडियल गेटको संख्या: - ३
  • ओभरफ्लो स्पिलवे: - १
  • रेडियल गेटको आकार: - ६.० मि × ८.० मि.
ग्रेवल ट्रैप (Gravel Trap)
  • ग्रेवल ट्रैपको जमा हुने गिर्खा : २ मि.मि. भन्दा माथिको
  • ग्रेवल ट्रैपको फ्लसिंग गर्ने साइज : - १ मि. × १ मि.
  • ग्रेवल ट्रैपको लम्बाई: - १८.७० मि.
  • कनेक्सन क्यानल (Connection Canal):-
  • साइज: - १६४.७० मि. x३ मि. x३ मि. (ल x चौ x ऊचाई)
बालुवा थिग्राउने पोखरी (Settling Basin)
  • प्रकार: Dufour-Double Chamber
  • च्याम्बरको संख्या: - २ वटा बे (Bay)
  • प्रत्येक च्याम्बरमा: - २ वटा
  • ट्रान्जिसन लम्बाई: - २३.५० मि.
  • ट्रान्जिसन बाहेक
  • लम्बाई: ९० मिटर
  • चौडाई: - २८ मिटर
  • गहराई: - ९ ८७ मिटर
  • विभाजन हुने कानों को साइज: - २ मि.मि.
हेड पोड (Head Pond)
  • किसिम: - आयातकार
  • साइज: - (लंबाई × चौडाई × ऊँचाई) १८.३८ मि.x १३.६० मि.x ६.८७ मि.
हेडरेस टनेल (Headrace Tunnel)
  1. हेडरेस स्टील कन्भे पाइप लम्बाई: - ३४० मि.
    • पाइपको गोलाई: - ३.३० मि.
    • पाइपको पाताको मोटाइ : - ८ मि. मि. देखि १० मि. मि.
  2. हेडरेस टनेलको लम्बाई: - २५०० मि.
    • सुरुङ्गको आकार: D-shaped
    • सुरुङ्गको साइज: - ४.२० मि. × ४.२० मि.
सर्ज टैंक (Surge Tank)
  • सर्ज टैंकको भित्रि गोलाई : - १० मि.
  • सर्ज टैंकको बाहिरि गोलाई: - १२ मि.
  • सर्ज टैंकको बनावट किसिम : - कंक्रिट ढलान (RCC)
  • सर्ज टैंकको ऊँचाई: - २६.१४ मि.
पेनस्टक पाइप (Penstock Pipe)
  • पेनस्टक पाइपको लम्बाई: - १५५ मिटर
  • पेनस्टक पाइपको गोलाई: - २.९० मि. देखि २ मि. सम्म
  • पेनस्टक पाइपको पाताको मोटाइ : - १५ मि. मि. देखि २५ मि. मि. सम्म
बिद्युत गृह (Powerhouse)
  • बिद्युत गृहको आकार : - अर्ध भूमिगत
  • आकार ( लम्बाई x चौडाई x उचाइ) : - ४० मि. x २५.२८ मि. x २६.४१ मि.
ट्रान्सफर्मर (Transformer)
  • प्रकार : - स्टेप-अप ट्रान्सफर्मर
  • रेटिंग :- ९.२१५ के. भी. ए., ६.६/३३ के. भी., ५० हर्ज
  • बिशेषता : ३ फेज (3 Phase)
  • संख्या :- २ वटा
टर्बाइन (Turbine)
  • प्रकार :- फ्रान्सीस होरिजेंटल एक्सिस
  • टर्बाइनको संख्या :- २ वटा
  • Rated Flow Per Unit:- १३.९८५ घ.मि.प्रति.से
  • Rated Net Head:- ४०.७६ मि.
  • Centre line of runner axis:- २९२.५ मि.

हामी यहाँ छौं

सम्पर्क

Address Hardik Hotel Compound, Bag Bazar, Kathmandu Phone no. +977 1-5914655 Email contact@mkdhydro.com, mdhydro75@gmail.com